२ कार्तिक, काठमाण्डौं । स्वतन्त्र तिब्बतका लागि आन्दोलन गरिरहेका निर्वासित धार्मिक गुरु दलाई लामालाई नेपाल आउनबाट रोकिएको छ । मंगलवार दिउँसो पौने ३ बजे भारतबाट नेपाल आउन लागेका लामालाई बिमान अबतरणको अनुमति नदिई रोकिएको हो ।
नेपाल एक चीन नीतिमा रहेको र लामाको भ्रमणले चीन बिरोधी गतिबिधि हुनसक्ने भन्दै नेपालले अबतरणको अनुमति नदिएपछि उनको भ्रमण रोकिएको आजको राजधानी दैनिकले छापेको छ ।
प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जान लागेका बेला उनी स्वतन्त्र तिब्बतसम्बन्धी गतिबिधिमा सर्मथन जुटाउन नेपाल आउन लागेका थिए । नेपाल तिब्बती शरणार्थीका लागि ६ बर्षअघि खोलिएपनि सरकारले बन्द गराएको सम्र्पक कार्यालय पुनः सुचारु गराउने उनको योजना रहेको थियो । लामा नेपाल आउने तयारी गरिरहँदा चीनको पब्लिक सेक्युरिटी मन्त्रालयका उपमन्त्री नेपालमा भ्रमणमा थिए । उनी सोमबारमात्र चीन फर्किएका छन् ।
लामा मन्त्री नेपाल रहेकै बेला आउन चाहान्थे तर नेपाल सरकारले दुईपक्षीय सम्बन्ध बिग्रने सम्भावना रहेको भन्दै भ्रमण अनुमति दिएन- स्रोतले भन्यो ।
No comments:
Post a Comment
तपाईलाई कस्तो लाग्यो ?यहाँ आफ्नो प्रतिक्रिया दिनुहोस् ।