चलचित्र निर्देशक दीपक रायमाझीको बुधबार बिहान निधन भएको छ । ५८ वर्षीय रायमाझीलाई हृदयघात भएको बाँसबारीस्थित सहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचारका क्रममा निधन भएको पारिवारका सदस्यहरुले बताएका छन् । श्रोतले भने रायमाझीले निधन हृदयघात नभई लडेर भएको बताएको छ ।
श्रोतका अनुसार बाँसबारीमा रहेको आफ्नै घरको कौशीबाट लडेर उनको निधन भएको हो । परिवारमा सामान्य वादविवाद भएको त्यसको केही समयपछि उनी ढे २ तलामाथिको कौशीबाट लडेका श्रोतको भनाई छ । लडेपछि गम्भीर घाईते दिपकलाई शहिद गंगालाल हृदय रोग केन्द्रमा लगिएको थियो । रायमाझीको बुधबार नै दाहसंस्कार गरिएको छ ।
दाहसंस्कारका क्रममा एकापट्टिको गाला छोपिएको थियो । नेपाली चलचित्र क्षेत्रका चर्चित निर्देशक रायमाझीको पार्थिव शरीर श्रद्धान्जलीका लाथि नराख्नु र दाहसंस्कारका क्रममा एकापट्टिको गाला छोप्नुले पनि उनको निधनलाई शंकास्पद बनाएको छ ।
रायमाझी नायक राजेश हमालका मामा समेत हु्न् । ‘भाग्यरेखा’बाट चलचित्र निर्देशनमा हात हालेका रायमाझीले नै हमाललाई ‘युगदेखि युगसम्म’ रजतपटमा प्रवेश गरेका थिए ।
सन् १९८० मा रुसबाट चलचित्र निर्देशनमा स्नाकोत्तर गरेका रायमाझीले युगदेखि युगसम्म, कसम, प्रियसी, पराईघर, हाम्रो मिलन कहिले हुन्छ लगायका चलचित्र निर्देशन गरेका छन् । उनी पछिल्लो समयमा डि्रम प्रजेक्ट भनिएको डेस्टिनेशन काठमाडौंको निर्देशनमा व्यस्त थिए ।
रायमाझीका दुई छोरी र श्रीमती छन् । जेठी छोरी अमेरिकामा छिन् भने कान्छि नेपालमै ।
No comments:
Post a Comment
तपाईलाई कस्तो लाग्यो ?यहाँ आफ्नो प्रतिक्रिया दिनुहोस् ।