३ कार्तिक, काठमाडौं । लिबियाका अपदस्थ शासक कर्नेल मुआमार गद्धाफी मारिएका छन् । राष्ट्रिय संक्रमणकालिन परिषद् एनटिसीको सेनाले शिर्ते शहरमा गरेको कारवाहीमा बिहीबार गद्धाफी मारिएका हुन् । लिबियाका प्रधानमन्त्रीले गद्धफी मारिएको पुष्टि गरेका छन् ।
जन्मशहर शिर्तेमा पक्राउ परेका गद्धाफीलाई एनटिसीको सेनाले गोली हानेको समाचारमा जनाइएको छ । त्यसलगतै उनको मृत्यु भएको थियो । गद्धाफीको शवलाई मिश्राता पुर्याइएको छ । एनटिसीको सेनाले पक्राउ गरेपछि गद्धाफीले आफूलाई गोली नहान्न भनेको बताइएको छ । उनको साथबाट एक थान पेस्तोल समेत भेटिएको छ । गद्धाफीसँगै सेना प्रमुख समेत रहेका उनको जेठा छोरा मारिएका छन् भने प्रवत्ता मौसा इब्राहिमलाई एनटिसीको सेनाले नियन्त्रणमा लिएको छ ।
गद्धाफी मारिएको समाचार सार्वजनिक भएलगतै लिबियाका नागरिकहरु खुला ठाउँमा जम्मा भई हवाई फायर र गाडीको हर्न बनाएर खुसियाली मनाइरहेको दृष्ट बीबीसी, अलजजिरा लगायतका अन्तराष्ट्रिय टेलिभिजन च्यानलहरुले देखाएका छन् ।
को हुन् गद्धाफी
युवती अंगरक्षकबाट घेरिएर बस्ने गद्धाफी आफ्ना शासनकालको दौसन क्रान्तिकारी हिरोदेखि अन्तराष्ट्रिय जगतमा अछूतका रुपमा देखिए । संवैधानिक रुपमा लिबियाको पदमा नरहेका उनी अरब र अफ्रिकन देशहरुमा राम्रै प्रभाव पार्न सफल भएका थिए । उनी कुनै बेला आफूलाई शासकहरुको शासक भन्न पनि पछि पर्दैनथे । कुरान र सैन्य वाहेक उनले औपचारिक शिक्षा नलिएका उनले १९७० मा विश्वका सम्वन्धबारे तेश्रो सिद्धान्त विकास गरेको दावी गरेका थिए । जुन उनको नजरमा प्लोटो, माक्स लगायतको चिन्तनभन्दा धेरै अगाडी छ । यसबारे उनले गि्रन बुकमा ब्याख्या गरेका छन् । तर, उनलाई प्रजातन्त्रका यस्ता तानाशाही, जो अरुमाथि आफ्नो इच्छा लाद्ने शासक भन्दै आलोचना हुने गरेको थियो । गद्दाफीले २ बर्षअघि अरब देशहरुको सम्मेलनमा सम्बोधन गर्दै आफू अन्तर्राष्ट्रिय नेता, अफ्रिकाका राजाहरुको राजा र मुस्लिमहरुको इमाम रहेको घोषणा गरेका थिए ।
चरमपन्थी संगठनहरुको समर्थन गरेपछि उनीमाथि बर्लिना सन् १९८६ मा भएको आक्रमणको आरोप लाग्यो । अमेरिकी राष्ट्रपति रोनल्ड रीगनले त्रिपोली र बेनगाँजीमा आक्रमण गर्न आदेश दिए । तर गद्धाफी बाँचे । उनको छोरी भने आक्रमणमा मारिइन् । २ सय ७० जनाको ज्यान जाने गरी एक विमानमा भएको विस्फोटमा संलग्न रहेको आंशका गरिएका २ जनामाथि स्कटल्याण्डमा आक्रमण गर्न गद्धाफीले अस्वीकार गरेपछि संयुक्त राष्ट्रसंघले लिबियामाथि आर्थिक प्रतिवन्ध लगाएको थियो । पछि आरोपीहरु आत्मासमर्पण गरेपछि प्रतिवन्ध हटाइएको थियो ।
गद्धाफीविरुद्धको विद्रोह
सुरुमा बेनगाँजी शहरलाई आन्दोलनको केन्द्रबिन्दु बनाएका विद्रोहीहरुमाथि गद्दाफीले हवाई आक्रमण सुरु गरेपछि पश्चिमा मुलुक त्यसको विरोधमा उभिए । उनीहरुकै पहलमा राष्ट्रसंघ सुरक्षा परिषद्ले लिबियामाथि प्रतिवन्ध लगाएपछि लिबियाली नागरिकको सुरक्षाका लागि भन्दै नेटो सेनाको अगुवाईमा ५ महिनाअघि लिवियामा आक्रमण थालेका हुन् । सुरुमा फ्रान्सका युद्धक विमानले लिबियाली सैनिकका ट्याँक ध्वस्त पारे पछि बेलायत, अमेरिकी, क्यानडा, नर्वे, बेल्जियम, डेनमार्कका सैनिकले बिवियाली सैनिक माथि निरन्तर आक्रण गरिरहेका थिए । देशो अधिकांश भाग विद्रोहीको कब्जामा गएपछि गद्धाफीले सेप्टेम्बरमा सत्ता छाडेर लुकेका थिए । गद्धाफीविरुद्ध अन्तराष्ट्रिय फैजदारी अदालतले पक्राउ पूर्जी समेत जारी गरेको छ ।
No comments:
Post a Comment
तपाईलाई कस्तो लाग्यो ?यहाँ आफ्नो प्रतिक्रिया दिनुहोस् ।